इंग्लिस प्रिमियर लिग : लेस्टर सिटी, क्रिष्टल प्यालेस र बर्नलेको जित

 चैत २४, २०७५ आइतबार ७:१९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी विजयी भएको छ । ३३ औं चरणको खेलमा क्रिष्टल प्यालेस र बर्नले पनि विजयी भए । लेस्टर सिटीले रेलिगेशन जोनको हडर्सफिल्ड टाउनलाई ४–१ ले हरायो । 

हडर्सफिल्डको मैदानमा भएको खेलमा लेस्टरको जितमा जेमी भार्डीले दुई गोल गरे । २४औं मिनेटमा योरी टेलिम्यान्सले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए । 

पहिलो हाफमा त्यही गोलले लेस्टरको अग्रता कायम रह्यो । ४८औं मिनेटमा जेमी भार्डीले गोल गर्दा लेस्टरले २–० को अग्रता लियो । ५२औं मिनेटमा एरोन मुईले पेनाल्टीमा गोल गरेर हडर्सफिल्ड खेलमा फर्कियो ।

७०औं मिनेटमा जृम्स म्याडिसनले गोल गरेपछि लेस्टरले ३–१ को अग्रता बनायो । ८४औं मिनेटमा भार्डीले पेनाल्टीमार्फत दोस्रो गोल गर्दा लेस्टरले ४–१ को जित निकाल्यो । जितसँगै लेस्टरले प्रिमियर लिग तालिकामा ४७ अंक बनाएको छ । हडर्सफिल्ड भने १४ अंकसहित तालिकाको पुछारमा छ ।

अर्को खेलमा बर्नलेले एएफसी बर्नमाउथलाई ३–१ ले हराएको छ । चौथो मिनेटमा एश्ले बार्नेसले आत्मघाती गोल गर्दा बर्नमाउथले गोल अग्रता लिएको थियो । १८औं मिनेटमा क्रिस उड्सले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । 

त्यसको दुई मिनेटपछि नै एश्ले वेष्टउडले गोल गरेपछि बर्नलेले अग्रता लियो ।पहिलो हाफमा २–१ को अग्रता लिएको बर्नलले ५६औं मिनेटमा बार्नेसले गोल गर्दै बर्नलेलाई ३–१ को जित दिलाए । जितसँगै बर्नलेले ३६ अंक बनाएको छ भने बर्नमाउथको ३८ अंक बनाएको छ । 

क्रिष्टल प्यालेसले न्युक्यासल युनाइटेडमाथि १–० को जित निकालेको छ । ८१औं मिनेटमा लुका मिलिभोजेभिकले पेनाल्टीमा गोल गर्दा प्यालेसले जित हात पार्‍यो । जितसँगै प्यालेसले ३९ अंक बनाएको छ भने न्युक्यासल युनाइटेडको ३५ अंक छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया