खुम्बुमा लेक लागेर एकजना भरियाको ज्यान गयो

 चैत २४, २०७५ आइतबार ७:३५:१६ | उज्यालो सहकर्मी

सोलुखुम्बु – खुम्बु क्षेत्र गएका पर्यटकका एकजना भरियाको लेक लागेर ज्यान गएको छ । महाकुलुङ गाउँपालिका १ का २१ वर्षीय जयराम कुलुङको लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार कुलुङको खुम्बुपासाङल्हामु गाउँपालिका–४ थुक्लामा रहेको अमरबहादुर राईको होटलमा ज्यान गएको हो । हिमालयन एकतासी कम्पनीमार्फत पर्यटक भरियाको रुपमा नाम्चेबाट सगरमाथा आधार शिविर जाने क्रममा लबुचे पुग्दा उनी बिरामी भएका थिए ।

गएको बिहिबार नै कुलुङको ज्यान गएको भए पनि शनिबार मात्रै प्रहरी घटनास्थल पुगेको सोलुखुम्बु प्रहरीले जनाएको छ । बिहीबार नाम्चेबाट गएको प्रहरी टोली शनिबार घटना स्थल पगेको थियो । हिमपात भएका कारण शवको उद्धारमा पनि समस्या भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया