मोदनाथ प्रश्रितको स्वास्थ्य अवस्थामा सुधार

 चैत २४, २०७५ आइतबार ८:४५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्वमन्त्री एवम् लेखक मोदनाथ प्रश्रितको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

उहाँको शनिबार शल्यक्रिया गरी सीसीयूमा उपचार भइरहेको र स्वास्थ्य अवस्थामा सुधार आएको उपचारमा संलग्न डा. रोशना तिमिल्सिनाले जानकारी दिनुभयो । 

७८ वर्षीय प्रश्रितलाई काठमाण्डौबाट–बुटवल जाने क्रममा हृदयघात भएपछि ललितपुरको भैँसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया