ब्राजिलमा डुङ्गाले ठक्कर दिँदा पुल भत्कियो, संकटकालको घोषणा

 चैत २४, २०७५ आइतबार १३:३०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

ब्राजिलको उत्तरी क्षेत्रको पारामा एउटा डुङ्गा पुलमा ठोक्किँदा पुल भत्किएको छ । डुङ्गा पुलमा ठोक्किएपछि मोजु खोलाको २ सय मिटर भाग बगेको छ ।प्रत्यक्षदर्शीका अनुसार, डुङ्गाले पुलको एउटा खम्बा भत्काएपछि दुईवटा कार खोलामा खसेकाे थियाे ।

डुङ्गा दुर्घटनामा कति जना घाइते भएको भन्ने बारे स्पष्ट भइसकेको छैन । उद्धारकर्ताहरु खोजतलासीमा जुटेका छन् । जहाजमा सवार ५ चालक सदस्य भने बाँच्न सफल भएको बताइएको छ । 

पाराका गभर्नर हेल्डर बारबाल्होले दुर्घटनापछि संकटकालको घोषणा गरेका छन् । ‘पीडितको खोजी र उनीहरुका परिवारलाई सहयोग गर्नु हाम्रो प्राथमिकता हुनेछ,‘ उनले भने ।

दुर्घटनाग्रस्त पुल ब्राजिलको अमेजन क्षेत्रमा रहेको सबैभन्दा व्यस्त बन्दरगाह, बेलममा रहेको छ । अधिकारीहरु नदी सफा गर्न जुटेका छन् र नजिकको अन्य पुलको खम्बामा चेतावनी संकेत दिँदै अन्य मार्ग भएर जान आग्रह गरेका छन् । 

सन् २०१४ मा पनि एउटा जहाज मोजु खोलको नजिक दोस्रो पुलको खम्बामा ठोक्किँदा जहाज ५० मिटर गहिरो पानीमा डुबेको थियो ।
 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया