महिला फ्यानले प्रेमिकाको ज्यान मार्ने धम्की दिएपछि प्रहरीकहाँ पुगे वरुण धवन

 चैत २४, २०७५ आइतबार १९:४३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता  वरुण धवन अधिकांश समय प्रेमिका नताशा दलालका साथ देखिन्छन् । यी दुवैले छिट्टै नै विवाह गर्ने खबर पनि चर्चामा रहेको छ ।

तर वरुणकी एकजना महिला फ्यानलाई भने वरुण धवन र नताशा दलालको निकटता चित्त बुझेको छैन । यसै कारण उनले नताशा दलालको ज्यान मार्ने धम्की दिएकी छिन् ।

यतिबेला अभिनेता वरुण धवन उनको फिल्म ‘कलंक’ को प्रमोशनमा व्यस्त छन् । यसैबीच एकजना महिला फ्यानले  वरुण धवनको मुम्बईको जुहुस्थित घर अगाडि आएर वरुणलाई भेट्न नपाएपछि उनकी प्रेमिका नताशा दलालको ज्यान मार्ने धम्की दिएकी छिन् ।

ती महिला वरुणको घर अगाडि आएर सुरक्षा गार्डसँग वरुणलाई भेट्ने भन्दै जिद्दी गर्न थालिन् । सुरक्षामा खटिएका कर्मचारीहरुले वरुण धवन घरमा नभएकाले भेट हुन नसक्ने बताएपछि उनी भड्किएकी थिइन् । त्यसपछि उनी रिसाउँदै भन्न थालिन्, ‘ म नताशालाई मारिदिन्छु ।’ 

सुरक्षा गार्डहरुका अनुसार ती महिला कैयौं दिनदेखि वरुणको घर वरपर चक्कर लगाइरहेकी थिइन् । अधिकांश फ्यानहरु फूलका गुच्छा, गिफ्ट वा म्यासेज छोडेर फर्कने गर्थे, तर तL महिलाले भने वरुणसँग भेट्ने जिद्दी गर्दै नतासालाई ज्यान मार्ने धम्की दिइन\ । उनले करिa ४५ मिनेटसम्म सुरक्षा गार्डसँग झगडा गरेपछि  अन्त्यमा प्रहरीलाई बोलाइएको थियो । 

वरुण धवनले ती महिला फ्यानले आफ्नी प्रेमिका नताशा दलालको ज्यान मार्ने धम्की दिएको थाहा पाएपछि तुरुन्तै प्रहरी कार्यालय गएर उजुरी दर्ता गराएका छन । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया