प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
भक्तपुर - अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिका १० भातेंढिकुरमा जगातीबाट बनेपा तर्फ जादै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
आइतबार बा. ४९ प. ५४२७ नं. को मोटरसाइकललाई बा. १९ प. ५०८९ नं.को कारले ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालिका ६ बस्ने ३४ वर्षीय दिपेन्द्र लामाको ज्यान गएको महानगरीय प्रहरी परसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
घाइते लामाको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको र मोटरसाइकलमा पछाडि बसेका काठमाण्डौ महानगरपालिका-३० का ३९ वर्षीय पञ्च खड्गीको मध्यपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो।
दुवै सवारी साधन र कार चालक भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोट बस्ने ३४ वर्षीय राजकुमार गौतमलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो ।