गरिबी निवारण कोष सञ्चालनको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

 चैत २४, २०७५ आइतबार २०:१८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोष सञ्चालनको कार्यशैली परिवर्तन गर्न निर्देशन दिनुभएको छ ।

कोषका सञ्चालक समिति अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले संघीय संरचना र स्थानीय तहको क्षेत्राधिकारलाईसमेत मध्यनजर गर्दै पुनःसंरचना गर्न आग्रह गर्नुभयो । उहाँले कोषलाई गरिब र विपन्नवर्गको क्षमता विकासमा केन्द्रित हुन र उद्यमशीलता प्रवर्द्धन गर्दै गरिबी निवारणमा ठोस उपलब्धि हासिल हुनेगरी कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिनुभयो । 

प्रधानमन्त्रीले कोषका कार्यक्रमहरु थप पारदर्शी र जवाफदेही ढंगले सञ्चालन गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले गरिबी निवारण गर्ने जिम्मेवारी तीनवटै तहको भएपनि सामुदायिक संस्थाहरुको सञ्चालन र व्यवस्थापनगर्ने जिम्मेवारी स्थानीय तहकै हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया