सोमबार ९ अर्बको ट्रेजरी बिल बिक्री हुँदै

 चैत २५, २०७५ सोमबार ८:१:२८ | रासस

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आठ अर्ब ८९ करोड ६८ लाख ८० हजार रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको छ । 

ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गरिनेछ । बैंकका अनुसार ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी ३६४ दिनका लागि, रु एक अर्ब ८९ करोड ८६ लाख ८० हजार बराबरको १८२ दिनका लागि र एक अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गरिनेछ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

बैंकले यसअघि यही चैत १८ गतेसमेत ट्रेजरी बिल बिक्री गरेको थियो । पछिल्लाे समय नेपाल राष्ट्र बैंकले लगातार रुपमा नै ट्रेजरी बिल बिक्रि गर्दै आइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया