इण्डियन प्रिमियर लिग : आज  पञ्जाब र हैदराबाद खेल्दै

 चैत २५, २०७५ सोमबार ९:१३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सोमबार एउटा मात्रै खेल हुने भएको छ । नेपाली समय अनुसार राति सवा ८ बजे आईएस विन्द्र स्टेडियममा किंग्स इलाभेन पञ्जाब र सनराईजर्स हैदराबाद आमने सामने हुने छन् ।

हैदराबाद र पञ्जाबको समान ६ अंक भए पनि तेस्रो र छैटौं स्थानमा रहेका छन् । हैदराबाद विजयी हुँदा दोस्रो स्थानमा उक्लने छ भने पञ्जाब विजयी हुँदा तेस्रो स्थानमा पुग्ने छ । 

दुवै टिमको प्रदर्शन मिश्रित रहेकाले साेमबारको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । हैदराबादले शनिबार मुम्बई इण्डियन्सविरुद्ध अप्रत्याशित हार व्यहोरोको थियो । अन्तिम पाँच ओभरमा जितका लागि ५३ रन बनाउनु पर्ने थियो । तर डेब्युखेलमा अल्जारी जोसेफले उत्कृष्ट बलिङ गर्दै छ विकेट लिएपछि मुम्बई  इण्डियन्स विजयी हुन पुग्यो ।

अल्जारीले  हैदरबादको मध्यक्रम ध्वस्त पारेका थिए । यस्तै पञ्जाबको तिब्र गतिका बलर चल्न सकेका छैनन् । सेम कुरान र  मोहम्मद शामीले दिल्ली क्यापिटल्सविरुद्ध राम्रो प्रदर्शन गरे पनि चेन्नाईविरुद्धको बलिङ विर्सन लायक नै रह्यो ।

ब्याट्सम्यानमा लोकेश राहुल र सर्फराज खानले पछिल्लो खेलमा राम्रो प्रदर्शन गरे पनि मध्यक्रमको ब्याटिङका कारण खेल हार्न पुग्यो । हैदराबादका कप्तान भुवनेश्वर कुमारले मोहालीको विकेट डेविड वार्नर र जोन बेयरस्टोलाई मद्दत गर्ने खालको हुने बताएका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया