डाक्टरको आन्दोलन : आकस्मिक बाहेक सबै सेवा ठप्प, सरकारले वार्ताका लागि पहल नगरेको चिकित्सक संघको भनाइ

 चैत २५, २०७५ सोमबार ११:३५:५१ | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारी डाक्टरको आन्दोलनका कारण हजारौँले उपचार नपाए पनि सरकार र आन्दोलनरत डाक्टरबीच वार्ता हुन सकेको छैन । समायोजनमा असन्तुष्टि जनाउँदै डाक्टरले गएको शुक्रबारदेखि सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प हुँदा हजारौँ बिरामीले उपचार पाएका छैनन् । 

तर आन्दोलनरत डाक्टरसँग वार्ताका लागि सरकारले कुनै पहल गरेको छैन । आफूहरूलाई संघ अन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने मागसहित आन्दोलन गरेका सरकारी डाक्टरको माग पूरा गर्नेतर्फ सरकारले बेवास्ता गरेको सरकारी चिकित्सक सघं (गोदान)का अध्यक्ष दीपेन्द्र पाण्डेले बताउनुभयो ।

देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प हुँदा विषेशगरी आर्थिक अवस्था कमजोर भएका र टाढाबाट उपचारका लागि अस्पताल आएका बिरामी मर्कामा परेका छन् । आन्दोलनका कारण आकस्मिक बाहेकका पूर्वनिर्धारीत शल्यक्रिया, विभिन्न खालका विषेश परीक्षण समेत अस्पतालमा भएका छैनन् ।

सरकारी डाक्टरले भने आफ्नो माग पूरा नहुञ्जेल आन्दोलन यथावत राख्ने बताएका छन् । उनीहरुले आन्दोलनमा लागेको समयको तलब भत्ता समेत नलिने निर्णय गरेका सरकारी चिकित्सक संघका अध्यक्ष पाण्डेले बताउनुभयो । देशभर झण्डै १४ सय सरकारी डाक्टर कार्यरत छन् ।


 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया