विश्व लगानी फोरममा सहभागी हुन मन्त्री यादव दुबईमा

 चैत २५, २०७५ सोमबार १६:४३:१८ | उज्यालो सहकर्मी

यूएई – विश्व लगानी फोरममा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव दुबई आउनुभएको छ । 

यूएई सरकारको आयोजनामा दुबईमा सोमबारदेखि सुरु भएको विश्व लगानी फोरममा सहभागी हुन मन्त्री यादव आइतबार यूएई आइपुग्नुभएको हो । दुबईको विकास र विकासमा लगानी गर्ने विभिन्न देशका प्रतिनिधि सहभागी सम्मेलनले लगानीका क्षेत्र, अवस्था र विकासका गतिबिधिबारे छलफल गर्ने छ ।

यूएईलाई विश्व अर्थतन्त्रको विकासका लागि सुरक्षित र भरपर्दो देशको रुपमा लिइने भएकाले पनि यस क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय क्षेत्र तुलनात्मक रुपमा बढी ईच्छुक हुन्छन् । 

मन्त्री यादवले सोमबार साँझ यूएईका अर्थमन्त्रीसँग भेट्ने कार्यक्रम छ । यस्तै मन्त्री यादवले बुधबार यूएईमा रहेको नेपाल बिजनेश काउन्सिलका प्रतिनिधिलाई नेपाली दूतावास आबुधाबीमा भेटघाट गर्ने र बिहीबार नेपाल फर्किने दूतावासले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया