दैनिक एक–दुई पेग रक्सी पिउँदा पनि स्वास्थ्यमा असर पर्छ : अध्ययन

 चैत २५, २०७५ सोमबार २०:९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धेरै जाँड रक्सी स्वास्थ्यका लागि हानिकारक हुने सबैजसोलाई थाहा छ । तर एक नयाँ अध्ययनका अनुसार दैनिक हल्का वा मध्यम अर्थात एक दुई पेग रक्सी खाँदा पनि स्वास्थ्यमा असर पर्दछ । 

एक दुई पेग रक्सीले उच्च रक्तचाप बढ्ने र स्ट्रोकको खतरा हुने अध्ययनले देखाएको छ । ५ लाख जना पुरुष र महिलामाथि १० वर्षसम्म गरिएको अनुसन्धान पछि अध्ययन सार्बजनिक गरिएको हो ।

चीनको पेकिङ विश्वविद्यालय र अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनका क्रममा यो देखिएको हो । चीनको पेकिङ विश्वविद्यालयका प्रोफेसर लिमिङ लीले स्ट्रोक अपांग तथा मृत्यु हुने प्रमुख कारक भएको बताउनु भएको छ । 

रक्सी पिउँदा हुने असरबारे अध्ययन गर्नका लागि पूर्वी एसिया उपयुक्त भएकाले चीनमा नै याे अध्ययन गरिएकाे बताइएकाे छ । एक अध्ययनका अनुसार चीनकाे दुईतिहाई पुरुषले रक्सी पिउने देखाएकाे छ ।

 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया