केपी ओली नेतृत्वको सरकारलाई कम्युनिष्ट सरकार भन्नै सकिँदैन : माेहन वैद्य

 चैत २५, २०७५ सोमबार १७:२१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्न नमिल्ने दाबी गर्नु भएको छ । 

नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने महासचिव वैद्यको तर्क छ । काठमाण्डाैमा आयोजित एक कार्यक्रममा उहाँले चन्द नेतृत्वको नेकपा राजनीतिक पार्टी भएकाले त्यस समस्याको समाधान राजनीतिक रुपमै गर्न पनि सरकारलाई दबाब दिनुभयो ।

महासचिव वैद्यले प्रधानमन्त्री ओलीले देशको धरातलीय यथार्थलाई भुलेर गरिबी अन्त्य गर्ने घोषणा गर्दै हिँडेको दाबी पनि गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया