अर्घाखाँची जीप दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या तीन पुग्याे

 चैत २५, २०७५ सोमबार १८:५:४७ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँची जिल्लाको नुवाकाेटकाे लात्तेबाजमा भएको जीप दुर्घटनामा ३ जनाकाे मृत्यु भएको छ । ११ जना घाइते  भएका छन् । घाइतेमध्ये ३ जनाकाे अवस्था गम्भीर छ सदरमुकाम सन्धिखर्कबाट करिब ७ किलोमिटर नजिक भूमिकास्थान नगरपालिका ८ नुवाकोट लात्तेबाजमा जीप दुर्घटना भएको हाे ।

सदरमुकाम सन्धिखर्कबाट प्युठानको बरौलाका लागि छुटेको गाडी दिउँसो करिब दुई बजे दुर्घटना भएको प्रत्यक्षदर्शी सुरज श्रेष्ठले बताउनुभयाे ।

लु १ ज १२२९ नम्बरको जीप दुर्घटना हुदाँ घटनास्थलमा २ जनाको र जिल्ला अस्पताल सन्धिखर्कमा १ जना गरी ३ जनाकाे ज्यान गएको  जिल्ला प्रहरी कार्यालयका प्ररहरी निरीक्षक गंभिरजंग थापाले बताउनुभयाे । 

ज्यान जानेमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षीया मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षीय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षीय प्रिन्स श्रेष्ठ रहेका छन् ।

घाइते ९ जनालाई बुटवल रिफर गरिएको छ भने तीन जनाकाे सन्धिखर्कमा उपचार भइरहेको छ ।  गाडी दुर्घटनाकाे बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया