दाेस्राे चरणमा पुग्न जित्नैपर्ने दबाबमा कोलम्बिया, सेनेगललाई बराबरी काफी

 असार १४, २०७५ बिहिबार १८:११:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

समूह एच अन्तरगत विहीबार राति पौने ८ बजे सेनेगल र कोलम्बिया भिड्दैछन् ।

सेनेगल ४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदा कोलम्बिया ३ अंकसहित तेस्रो स्थानमा छ । जसले गर्दा आजको खेलमा सेनेगललाई बाराबरीले प्रि–क्वार्टरफाइनलको यात्रा गराउँदा कोलम्बियालाई भने जित्नै पर्ने दबाब छ ।

यस समूहमा एसियाको पावरहाउस जापान ४ अंकसहित शीर्ष स्थानमा छ । जापानले आज प्रतियोगिताबाट बाहिरिसकेको पोल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेकाले ३ वटै टोलीको प्रि–क्वार्टरफाइनलमा पुग्ने सम्भावना जीवितै छ ।


 
जापानले पोल्याण्डसँग पराजय ब्यहोरेमा, सेनेगल र कोलम्बिया बराबरी खेले पनि दुवै टोली नकआउट चरणमा पुग्नेछन् ।
 
२००२ को विश्वकपपछि पहिलो पटक छनोट भएको सेनेगलले समूह चरणमा पोल्याण्डलाई पराजित गर्दा जापानसँग भने २–२ गोलको बराबरी खेलेको थियो ।
 
सेनेगलको इतिहास कुरा गर्ने हो भने २००२ को विश्वकपमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पराजित गर्दै समूह चरणबाटै घर पठाएकाले जतिबेला पनि सेनेगलको टिम विरोधीमाथि हावी हुन सक्ने आकलन गर्न सकिन्छ ।
 
कोलम्बियाले कमजोर प्रतिद्वन्द्वी पोल्याण्डलाई पराजित गरेको हो भने जापानसँग पराजित भएको थियो ।
आजको खेलमा जापानसँग बराबरीमा रोकिएको सेनेगलसँगको कोलम्बियाको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।
 
कोलम्बियाका डोभिड ओस्पिनले कुनै पनि हालतमा आजको खेल जित्नै पर्ने बताएका छन् । उनले सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको कोलम्बिया अहिले समूह एचमा शीर्ष स्थानमा रहँदै प्रि–क्वार्टरफाइनलमा पुग्ने दाउमा रहेको पनि बताए ।


 
सेनेगललाई हराएमा स्पष्ट ६ अंक हुनेछ भने जापान बराबरीमा रोकिए पाँच अंकसहित उपविजेता हुने छ ।
 
कोलम्बियालाई खुसीको खबर भनेको कार्लोस साञ्चेज खेल्न पाउने छन् । उनी जापानविरुद्धको खेलमा रातो कार्ड खाँदै एक खेलको प्रतिबन्धमा परेका थिए ।

 

प्लेयर्स टु वाच
 
मोबेई नियाग –सेनेगल

 
टोरिनो क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका नियाग सिरि ए कपमा अहिलेसम्म चार गोल गरेका छन् । तर रुस विश्वकपमा पोल्याण्डविरुद्धको खेल जित्दा उनले पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भए । उनले जापानसँगको बराबरीमा सेनेगलकै अर्का स्ट्राइकर मूसा बेगलाई गतिलो पास उपलव्ध गराउन सहयोग गरेकाले पनि कोलम्बियासँगको प्रतिस्पर्धामा उनको उपस्थिति झनै बढी हुने देखिन्छ । त्यसैगरी साडियो माने अहिले स्टार खेलाडी रहेकाले कोलम्बिायाले उनलाई रोक्न खोज्दा नियाग कोलम्बियामाथि हावी हुनेछन् ।
 

राडमेल फाल्काओ, कोलम्बिया
 

म्यानचेस्टर युनाइटेड र चेल्सीका पूर्व स्ट्राइकर फाल्काओले प्रिमियर लिगमा आफूलाई सिद्ध गरिसकेका छन् । उनले देशका लागि पनि उत्कृष्ट प्रदर्शन गर्दै ६७ क्यापमा ३० गोल गरेका छन् ।
 
फाल्काओ र अर्का स्टार खेलाडी मिडफिल्डर जेम्स रोड्रिगेजको तालमेल सेनेगलका लागि टाउको दुखाई बन्न सक्छ । कोलम्बियाले अहिलेसम्म विश्वकपमा १० गोल गर्दा ६ गोल रोड्रिगेजको नाममा छ भने ४ गोलका लागि उनले पास उपलब्ध गराएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया