युवा पत्रकारिता पुरस्कारबाट उज्यालाेकर्मी सुमन तिमल्सिना पुरस्कृत

 चैत २५, २०७५ सोमबार १८:४१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – उज्यालोका मोरङ सहकर्मी सुमन तिमल्सिना 'कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार' बाट पुरस्कृत हुनुभएकाे छ । प्रेस चौतारी र प्रेस सेन्टरकाे आयाेजनामा सञ्चालित एक कार्यक्रममा  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तिमल्सिनालाई पुरस्कार प्रदान गर्नुभएकाे हाे ।

तिमिल्सिना विगत १५ वर्षदेखि रेडियो पत्रकारिता गरिरहनुभएकाे छ । लामाे समय पत्रकारितामा याेगदान दिएकाे भन्दै तिमल्सिनालाई ११ हजार १ सय ११ रुपैयाँ राशीकाे याे पुरस्कार  प्रदान गरिएको नेपाल पत्रकार महासंघ प्रदेशका अध्यक्ष विक्रम लुइटेलले बताउनुभयाे ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले पत्रकारीताको विकासका लागि प्रदेश सरकारले नयाँ नीति तथा कार्यक्रमलाई समेट्ने पनि बताउनुभयाे ।

प्रदेशका पुराना पत्रकारको सम्मान गर्नका लागि कार्यदल बनाएर काम सुरु गर्ने प्रतिबद्धता जनाउँदै वैशाख २४ लाई भव्य समारोहको आयोजना गरी पत्रकारिता दिवस प्रदेश सरकारले मनाउन थाल्ने घोषणा गर्नुभयाे ।

अक्षयकोष स्थापना गरी सुरु गरिएको यस पुरस्कारले एउटा श्रमजीवी पत्रकारलाई प्रोत्साहन गर्ने  पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले बताउनुभयाे । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया