राजर्षि जनक कप : आयोजक बाग्मती युवा क्लबको विजयी सुरुवात

 चैत २५, २०७५ सोमबार १९:५३:२७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीकाे बाग्मतीमा सोमबारबाट सुरु भएको राजर्षि जनक कप रनिङ शिल्ड  फुटबल प्रतियोगिताकाे उद्घाटन खेलमा आयोजक टिम बाग्मती युवा क्लब विजयी भएको छ।

बाग्मती नगरपालिकास्थित स्वर्गीय  सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको पहिलो खेलमा बागमती युवा क्लबले सरस्वती युवा क्लबलाई ३-१ ले हराएकाे हाे । खेलकाे सुरुवातदेखि नै सरस्वती युवा क्लबलाई  बागमती युवा क्लबले दबाबमा राखेकाे थियाे । बाग्मति युवा क्लबका लागि विमल घिसिङले २ तथा आर्जन गुरुङले १ गोल गरेका थिए ।

सरस्वती युवा क्लबका लागि तीर्थ बस्नेतले एक गाेल गरे ।

मंगलबार  हिमालयन शेर्पा र एपीएफबीच खेल हुनेछ ।

प्रतियोगिताकाे  विजेतालाई दश लाख र उपविजेतालाई पाँच लाख पुरस्कारको प्रदान गरिने आयोजकले जनाएको छ । वैशाख ६ गतेसम्म चल्ने  खेलमा दुई  विभागीय टिम सहित १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका  उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ तथा हरेक दिनको म्यान अफ् द म्याच घोषित खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाही निवासी एक खेलाडीलाई बाग्मती राइजिङ प्लेयर्स अफ द इयर घोषणासहित एक थान मोटरसाइकल प्रदान गरिने समेत क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए । 

अन्तिम अपडेट: चैत १३, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया