देशभर मौसममा बदली : मध्य र पूर्वका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना

 चैत २६, २०७५ मंगलबार ६:३५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । मध्य र पूर्वको धेरै र पश्चिमको थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् सुजन सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावले अहिले धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको हो । यसकै प्रभावले उपत्यकासहित मध्य र पूर्वमा केही ठाउँमा अझै केही समय मेघगर्जन र हुरीबताससहित पानी पर्छ । त्यसपछि रोकिए पनि मंगलबार काठमाण्डौसहित मध्य र पूर्वको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको मौसमविद् सुवेदीको अनुमान छ ।

मौसम खुले पनि एकैछिनमा बदली हुनेछ । एक दुई ठाउँमा ठूलो पानी पनि पर्न सक्छ । तर नजिकै परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्छ । पश्चिमको मौसम भने आंशिक बदली हुने उहाँले बताउनुभयो ।

पूर्वी तराईमा हुरीबतास पनि चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । पश्चिमबाट बादल मध्यतिर सरिरहेकाले अहिले देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबतास चलेको हो । 


 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया