इरानी सेनालाई अमेरिकाले गर्‍यो आतंककारी संगठन घोषणा

 चैत २६, २०७५ मंगलबार ७:५७:२३ | एजेन्सी
unn.prixa.net

अमेरीकाले  इरानको  रिभोलुस्नरी गार्ड कर्प्स (आईआरजीसी) अर्थात् क्रान्तिकारी संगठनलाई विदेशी आतंकी संगठन घोषणा गरेको छ । अमेरीकाले पहिलो पटक कुनै अरु देशको सेनालाई आतंककारी संगठन घोषणा गरेको हो । 

अमेरीकी राष्टपति डोनाल्ड ट्रम्पले इरानकोे आईआरजीसीले पहिलेदेखि नै आतंककारीलाई समर्थन दिँदै आएको आरोप लगाएका छन् । 

ह्वाइट हाउसले आईआरजीसीलाई (इम्प्लिमेन्टिङ्ग इट्स ग्लोबल टेररिस्ट क्याम्पेन) अर्थात् विश्वव्यापी आतङ्कवादी अभियानलाई लागू गर्ने यो संगठन बताएको छ ।

ट्रम्पले इरानले आतंकबादीलाई बढवा दिइरहेकोसमेत बताएका छन् । उनले भनेका छन् ‘आईआरजीसीसँग सम्बन्ध राख्ने हो भने इरानले आतङ्कवादलाई समर्थन गरिरहेको छ ।’

आईआरजीसीसँग सम्बद्ध थुप्रै संस्थामाथि अमेरिकाले मानवअधिकार उल्लंघनको आरोप लगाउँदै र आतङ्कवादको संज्ञा दिँदै प्रतिबन्ध लगाउँदै आइरहेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानले एउटा सामान्य देश जस्तो व्यवहार गर्न सुरु नगरेसम्म प्रतिबन्ध र दबाबको रणनीति जारी रहने बताएका छन् ।

सन् १९७९ को इरानी क्रान्ति पश्चात इरानमा क्रान्तिकारी गार्डको गठन भएको थियो । इरानका साथ ट्रम्पले अन्तराष्ट्रिय परमाणु तोडेपछि यो दुई देश बीच तनाव बढ्दै गएको छ । 


 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया