दिपकराज गिरी र रोहित अधिकारीले चलचित्र ‘छ माया छपक्कै’ निर्माण गर्ने

 चैत २६, २०७५ मंगलबार ८:४२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

दिपकराज गिरी र रोहित अधिकारीको संयुक्त टिमले निर्माण गर्ने भनिएको चलचित्रको नाम फाइनल भएको छ । ‘वडा नम्बर ६’ देखि चलचित्र निर्माणमा सक्रिय आमा सरस्वती मुभिजले यसपटक पनि लक्की मानिएको ‘छ’ अक्षरलाई नै निरन्तरता दिएको छ ।

आउँदो दशैंमा प्रदर्शन गर्ने भनिएको चलचित्रको नाम ‘छ माया छपक्कै’राखिएको र चलचित्र विकास बोर्डमा नाम दर्ता भएपछि मात्र सार्वजनिक गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

निर्देशक दिपेन्द्र लामाले निर्देशन गर्ने पक्का भएको चलचित्र आउँदो नयाँ वर्षको वैशाखदेखि छायांकनमा जाने तयारीमा रहेको छ  ।

चलचित्र ‘छ माया छपक्कै’का लागि कलाकार दिपकराज गिरी र केदार घिमिरले अभिनिय गर्नेे पक्का भएको छ । चलचित्रमा एक मात्र नायिका हुने बुझिएको छ । नायिकासहित अन्य कलाकारको टुङ्गो लाग्न बाँकी रहेको निर्माण युनिटले जानकारी दिएको छ ।

कमेडी कथामा निर्माण गर्ने चलचित्र ‘छ माया छपक्कै’लाई आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण गर्न लागिएको हो ।

– उज्यालो र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया