सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का

 चैत २६, २०७५ मंगलबार १०:५८:३० | रासस
unn.prixa.net

बैतडी – सुदूरपश्चिममा मंगलबार बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । मंगलबार बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो ।  

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।  

यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रबिन्दु भएर लगातार तीन पटक परकम्प गएको थियो ।

गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया