अङ्गीकृत नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता वितरण रोकिएकोमा राजपा दुःखी

 चैत २६, २०७५ मंगलबार १६:५८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता नदिन सर्वोच्च अदालतले दिएको आदेशप्रति राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले विरोध जनाएको छ ।

यसअघि सर्वोच्चकै निर्णयअनुसार गृह मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गरेर वंशजको नागरिकता दिन भनेको थियो । गृहको परिपत्रसँगै धमाधम जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन थालेका थिए । 

गृहको परिपत्रको विरोधमा सर्वोच्चमा फेरि रिट पर्दा सर्वोच्चले अहिले गृहको परिपत्र लागु नगर्न भन्दै आदेश जारी गरेपछि वितरण कार्य फेरि रोकिएको छ । 

राजपाको अध्यक्ष मण्डलको बैठकले लाखौँ नेपालीलाई नागरिकताबाट वञ्चित गराई राज्यविहीन अवस्थामा पुर्याउने गरी सर्वोच्चको आदेश आएको भन्दै दुःख व्यक्त गरेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया