घरपरिवारलाई साक्षी राख्दै सुरक्षा अपनाएर काम गर्ने कर्मचारीले खाए कसम

 चैत २६, २०७५ मंगलबार १८:९:४ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - नेपाल विद्युत प्राधिकरण गौशाला शाखाका कर्मचारीहरुले घरपरिवारलाई साक्षी राख्दै काम गर्ने समयमा सुरक्षा एवम सचेत भई काम गर्ने कसम खाएका छन् ।

विद्युत सुरक्षा दिवसको अवसरमा मंगलबार बिहान ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिको लागि विद्युत सदुपयोग गरौँ’ मूल नाराका विद्युत सुरक्षा दिवस मनाइएको हो ।

कार्यक्रमका अवसरमा कार्यालयमा कार्यरत १ सय २५ जना कर्मचारीहरुले सामूहिक रुपमा अबदेखि काम गर्ने समयमा आवश्यक सुरक्षाको बन्दोवस्त गरेर मात्र काम गर्ने कसम खाएका छन ।

त्यस अवसरमा प्राधिकरणका गौशाला शाखाका प्रमुख इन्जिनियर रोशन कुमार सिंहले कार्यालयमा भरपुर मात्रामा सुरक्षा सामग्री रहेकोले सबैले अनिवार्य रुपमा सामग्रीको प्रयोग गरि काम गर्नुपर्ने आवश्यकमाथि जोड दिएका छन् । प्रमुख सिंहले यहाँ ३ हजारको हाराहारीमा जीर्ण एवम पुराना बिजुलीको पोलहरु रहेकोले अबको २ वर्षका अवधिमा हरेक पोलहरु फेरिने धारणा राखेका छन ।

त्यस्तै १५ सय विपन्न परिवारलाई विद्युत मिटर चाँडै नै निःशुल्क रुपमा वितरण गरिने धारणा राखेका छन । कार्यक्रमकाबीच नगरप्रमुख शिवनाथ महतोले कतिपय स्थानमा जीर्ण पोल र तारहरुलाई समयमै व्यवस्थित गर्न सके दुर्घटना हुनबाट जोगिने भन्दै सचेत गराएका छन् ।

गौशाला शाखामा १२५ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया