पलाता गाउँपालिकाद्वारा उज्यालो सहकर्मी पुरस्कृत

 असार १४, २०७५ बिहिबार १८:५१:४५ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट - कालिकोटकाे पलाता गाउँपालिकाले उज्यालो सहकर्मी मनिराज पाण्डेलाई पुरस्कृत गरेको छ ।

विकट पलाता गाउपालिकाको विकास निर्माण सामाजिक रुपान्तरण तथा समुदायको सशक्तिकरणका लागि कलमको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएको ठहर गर्दै पाण्डेलाई पुरस्कृत गरिएकाे हाे ।

प्रथम गाउँसभामा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही र गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले पाण्डेलाई नगद रु ६ हजारसहित दोसल्ला र प्रमाणपत्रले पुरस्कृत गर्नुभएकाे हो ।

सभामा  गाउँपालिकाले सशत्र द्वन्द्वमा शहिद, बेपत्ता परिवार, घाइते, वर्षभरि उत्कृष्ट काम गर्ने तत्कालीन कार्यकारी अधिकृत लेकवहादुर क्षेत्री, लेखापाल, खिमवहादुर पुन, ९ नं वडाध्यक्ष टक्कवहादुर बम र ६ नं वडाध्यक्ष रुपवहादुर रोकाया, स्रोतव्यक्ति कलवहादुर भण्डारी, अनमी संगिता चौधरीलगायतलाई पनि नगदसहित दोसल्ला र प्रमाणपत्रले पुरस्कृत गरेको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया