तीन महिनाभित्र एनसेलबाट लाभकर उठाउन सर्वोच्चको आदेश

 चैत २६, २०७५ मंगलबार १९:३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

 

काठमाण्डौ – सर्वाेच्च अदालतले एनसेलको बिक्रीमा लाग्ने पूँजीगत लाभकर तीन महिनाभित्र उठाउन आदेश दिएको छ । 

गएको माघ ३ गते नै पूँजीगत लाभकर आजियाटाबाट नभई एनसेबाटै उठाउने फैसला गरेको सर्वोच्चले आज पूर्ण पाठ सार्वजनिक गर्दै एनसेलबाट तीन महिनाभित्रै कर उठाउन परामादेश दिएको हो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत पूर्ण इजलासले तीन महिनाभित्र पूँजीगत लाभकर तिर्ने टुङ्गो लगाएसँगै लामो समयदेखिको विवाद साम्य भएको छ । 

कर नतिरेसम्म लाभांश वितरण र शेयर बिक्रीको अनुमति दिन पनि सर्वोच्चले रोक लगाएको छ । टेलियासोनेराले एनसेल कम्पनी आजियाटालाई बिक्री गरेपछि त्यसको लाभकर कसले तिर्ने भन्ने विवाद रहेको थियो ।  

एनसेल बिक्रीपछि अहिलेसम्म २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रुपैयाँ पूँजीगत लाभकरबापत अग्रिम भुक्तानी र विलम्ब शुल्क वापत २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८ सय रुपैयाँ ठूला करदाता कार्यालयलाई बुझाइसकेको छ ।

बुझाएको रकम दृष्टिगत गरेर कर निर्धारण गरी तीन महिनाभित्र असुल्न सर्वोच्चले आदेश दिएसँगै एनसेलको कर विवाद समाप्त हुने भएको छ । 


 

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया