सेप्टिक ट्याङ्की सफा गर्ने क्रममा निसास्सिएर २ जनाकाे ज्यान गयाे

 चैत २६, २०७५ मंगलबार १९:३९:३७ | गोविन्द शर्मा

बाँके - बाँकेको कोहलपुर नगरपालिकामा सेप्टिक ट्याङ्की सफा गर्ने क्रममा मंगलबार दुई जनाको ज्यान गएको  छ ।

कोहलपुर नगरपालिका वडा नं. ११ स्थित पिपलचौतारा नजिकै रामप्रसाद सिग्देलको घरमा रहेको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा कोहलपुर नगरपालिका–६ रझेनाका कुमार थारु र चेतराम थारुको ज्यान गएको इलाका प्रहरीले जनाएको छ । उनीहरु नातामा काका भतिजा पर्ने हुन् ।

स्थानीयका अनुसार सेप्टिक ट्याङ्की सफा गर्न भित्र छिरेका कुमार थारु ननिस्केपछि किन निस्केनन् भन्दै चेतराम थारु ट्याङ्की भित्र छिरेका थिए । तर चेतराम पनि निस्कन सकेनन् ।  उनीहरुको निसास्सिएर  ज्यान गएको हुन सक्ने अनुमान प्रहरीको छ । उनीहरुको शव पोस्टमर्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा ल्याइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया