जाजरकोटमा जीप दुर्घटना: एक जनाको ज्यान गयाे, ६ घाइते

 चैत २६, २०७५ मंगलबार २१:१:२८ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट - जाजरकोटको रग्दाबाट दल्लीतिर आउँदै गरेको ग १ ज ५२१८ नम्बरको जीप नलगाड नगरपालिकाको-९, दारिमपाटा नजिकैको गुयाभिरमा दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ भने ६ जना घाइते भएका छन् ।

दुर्घटनामा पश्चिम रुकुमको आठविसकोट नगरपालिका-११ की लक्ष्मी नेपालीका ४ वर्षका छोरा विवेक नेपालीको घटनास्थलमै ज्यान गएकाे र अरु ६ जना घाइते भएको जाजरकोट प्रहरीले जनाएको छ ।

घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र दल्ली र जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको छ । घाइते हुनेमा मृतक नेपालीकी आमा २३ वर्षीया लक्ष्मी नेपाली , नलगाड नगरपालिका-९ का चालक २२ वर्षीय राजेन्द्र वि.क, नलगाड-१० का तेज बहादुर वि .क., नलगाड-११ का १७ वर्षीय दुर्गेश बानियाँ र १६ वर्षीय खीमा बानियाँ तथा नलगाड-१ का ११ वर्षीय भरत परियार रहेका छन् । 

घाइतेमध्ये तेज बहादुर वि.क र राजेन्द्र वि.क गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो । उनीहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको र थप उपचार गर्न आवश्य परेको खण्डमा नेपालगञ्ज रिफर गरिने जानकारी दिनुभयो ।

जाजरकोट-डोल्पा सडकखण्डको नलगाड दारिमपाटा सडकबाट करिब ४५ मिटर तल खसेको स्थानीय प्रकाश भण्डारीले जानकारी दिनुभयो । प्रहरी चौकी पनि टाढा भएकोले स्थानीय बासिन्दाहरु पुगेर घाइतेहरुकाे उद्धार गरी थप उपचारका लागि दल्ली पठाएका थिए । 

दुर्घटनाको प्रारम्भिक अनुसन्धानवाट पुरानो र मर्मत नगरिएको गाडी भएकोले ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको र थप अनुुसन्धान भैरहकेो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम वहादुर खत्रीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २१, २०८०

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया