छत्तीसगढमा माओवादी आक्रमण : बीजेपी विधायकसहित ५ जनाको ज्यान गयो

 चैत २६, २०७५ मंगलबार २१:१३:३७ | एजेन्सी
unn.prixa.net

भारतको छत्तीसगढमा माओवादीले गरेको आक्रमणमा भारतीय जनता पार्टी भाजपाका एक विधायकसहित पाँच जनाको ज्यान गएको छ ।

आक्रमणमा मारिएका विधायक भीमा मंडावी

विधायक भीमा मन्डावी चढेको गाडीलाई लक्षित गरी भएको आक्रमणमा उहाँसहित चालक र तीन जना सुरक्षाकर्मीको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणप्रति खेद व्यक्त गर्नु भएको छ ।  छत्तिसगढमा रहेको श्यामगिरी पहाडमा पर्ने दन्तेवाडाको सडक खण्डमा गुडिरहेको गाडीमा आक्रमण भएको हो ।

आक्रमणबाट मन्डावी चढेको बुलेटप्रुफ  गाडी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । दन्तेवाडामा दुई दिनपछि लोकसभाको पहिलो चरणको चुनाव हुँदै छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया