मोदी पुनः प्रधानमन्त्री हुँदा पाकिस्तानलाई के फाइदा ?

इमरान भन्छन् - 'दुई देशबीच शान्ति वार्ता हुनसक्छ'

 चैत २७, २०७५ बुधबार ११:५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टी (बीजेपी) को जित चाहेका छन् । उनले नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री बनेको अवस्थामा शान्ति वार्ताको सम्भावना धेरै रहने आशय व्यक्त गरेका छन् । 

उनले यो पनि भनेका छन् 'बीजेपी दक्षिणपन्थी पार्टी हो र उसले जितेको खण्डमा काश्मीरलाई लिएर वार्ता अघि बढ्न सक्छ । यद्यपी भारतमा मुसलमानहरु आफैँ अलग भएको महसुस गरिरहेका छन् ।' 

प्रधानमन्त्री इमरान खानले कांग्रेस नेतृत्वमा सरकार बने पाकिस्तानसँग वार्ता गर्न डराउने जस्तो देखिएको बताएका छन् ।

उनले भने, ‘अहिले भारतमा जे भइरहेको छ, यो बारेमा मैले कहिले पनि यस्तो होला भनेर सोचेको थिइनँ । भारतमा मुसलमानको पहिचानमाथि नै हमला भइरहेको छ । मोदी, इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको तर्फ छन् । यी दुबैजना डर र राष्ट्रवादी भावनाको आधारमा चुनाव जित्न चाहन्छन् ।’

बीजेपीले जम्मु–काश्मीरबाट विशेष दर्जा हत्याउन खोजेको इमरानले आरोप लगाएका छन् । उनले भनेका छन् 'यो निकै चिन्ताजनक हो ।' तर उनले निर्वाचन निर्विघ्न रुपमा सम्पन्न  हुनुपर्ने बताए । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया