सरकारी जग्गा हिनामिनामा म र मेराे परिवारका सदस्यकाे कुनै संलग्नता छैन: महासचिव पाैडेल

 चैत २७, २०७५ बुधबार १४:५३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रधानमन्त्री कार्यालयकाे जग्गा व्यक्तिकाे नाममा पास भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा भ्रम सिर्जना गर्नेगरी आफ्नाे नाम जाेडिएकाेप्रति नेकपाका महासचिव विष्णु पाैडेलले खण्डन गर्नुभएकाे छ ।

आफूले कानुनबमाेजिम दस्तुर बुझाएर मालपाेत कार्यालयबाट खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन पास गरी किनेकाेले सञ्चारमाध्यममा आएका समाचारका आधारमा भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभएकाे छ ।

 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया