‘काम नगरी आफूभन्दा अग्लो फाइलको चाङ थुपार्ने’ सचिवको कार्यकक्षमा मन्त्रीको ताला !

 चैत २७, २०७५ बुधबार १६:३३:५६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – आफ्नो मन्त्रालयका सचिवले काम नगरेको भन्दै प्रदेश–३ का सामाजिक विकास मन्त्री युवराज दुलाललेसचिव लोकनाथ पौडेलको कार्यकक्षमा तालाबन्दी गरिदिनुभएको छ । 

यसअघि लिखित स्पष्टिकरण सोधेपनि काम अगाडि नबढाएपछि सचिवको कार्यकक्षमा तालाबन्दी गरिदिएको सामाजिक विकास मन्त्री दुलालले बताउनुभयो । 

मन्त्री दुलाल

मन्त्रालयमा हाजिर भएदेखि सचिवले कुनै फाइलमा निर्णय नगर्ने, मन्त्रालयका आफ्ना मातहतका कर्मचारीलाई हप्कीदप्की गरी अमर्यादित व्यवहार देखाएको मन्त्री दुलालले बताउनुभयो । सचिवको व्यवहारले सबै कर्मचारी निरुत्साहित भई काममा आउने वातावरण नभएकाले कर्मचारी र मन्त्रालयको हितका लागि सचिवको कार्यकक्षमा ताला लगाइएको मन्त्री दुलालले बताउनुभयो । 

सचिव पौडेल आएपछि कुनै पनि काम अगाडि नबढेको कर्मचारीहरुले पनि गुनासो गरेका छन् । सचिवले काम सम्पादन नगरेकोले, पुरानो मितिमा कुनै फाइल सदर गर्न नपाउन् भन्ने उद्देश्यले सचिवको कार्यकक्षमा ताला लगाइएको मन्त्री दुलालले बताउनुभयो । 

सचिव पौडेल भने हेटौंडाबाट काठमाण्डौ गएका छन् । 

सचिवले काम नगरी फाइलहरु सबै पेन्डिङमा राखेर आफूभन्दा अग्लो बनाएकाले तालाबन्दी गर्नुपरेको मन्त्री दुलालको भनाइ छ । 
 

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया