पाँचथर गोल्डकप: जावलाखेललाई पराजित गर्दै विजय युथ क्लब सेमिफाइनलमा

 चैत २७, २०७५ बुधबार १८:५६:५९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - फिदिममा जारी तेस्रो संस्करणको आमन्त्रित पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब ललितपुरलाई पराजित गर्दै विजय युथ क्लब हेटौँडा अन्तिम चारमा प्रवेश गरेको छ ।

स्थानीय फिदिम माविको खेल मैदानमा बुधबार सम्पन्न क्वार्टरफाइनलमा जावलाखेलविरुद्ध टाइब्रेकरमा ५–४ गोल अन्तरको जित निकाल्दै हेटौँडा विजयी भएको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको नतिजा टाइब्रेकरमा धकेलिएको हो ।

खेलमा आत्माघाति गोलको उपहारबाट जावलाखेललले अग्रता लिएको थियो ।  ३५ औँ मिनेटमा जावलखेलका अनुज सिंको कर्नर किक किलियर गर्न खोज्दा हेटौडाका सुदिश महतोले आत्माघाती गोल गरे ।

६८ औँ मिनेटमा हेटौडाका विश्व लामाले बराबरि गोल गरे । त्यसपछि दुवै टोलीबाट थप गोल नभएपछि खेल सिधै टाइब्रेकरमा धकेलियो ।

टाइब्रेकरमा जावलाखेलका विदेशी खेलाडी फोफोना फोडे, बिशाल तामाङ, अनुज सिं र गौतम श्रेष्ठले गोल गर्दा क्याप्टेन अजय थापाको प्रहार हेटौँडाका गोलकिपर अनिस देउजाले रोके । हेटौँडाको तर्फबाट विदेशी खेलाडिहरु टेम्पे अर्नेष्ठ, हमिड, क्रिष्टियन तथा सरोज दाहाल र रोसन दोङले गोल गरे ।

खेलको म्यान अफ म्याच हेटौडाका गोलकिपर अनिस देउजा घोषित भए । प्रतियोगिता अन्तर्गत बिहीबार हिमालयन शेर्पा क्लब काठमाण्डौ र न्यू स्टार सुनसरीबीच  प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया