भ्यानको ठक्करबाट पैदलयात्रुको ज्यान गयो

 चैत २८, २०७५ बिहिबार ७:४४:९ | उज्यालो सहकर्मी

काठमाण्डौ – ललितपुरको थसिखेलमा भ्यानको ठक्करबाट पैदल यात्रुको ज्यान गएको छ । 

बुधबार बेलुकी हिँडिरहेका तनहुँको ढोरफेदी गाउँपालिका–७ का ढोलाराज रेग्मीलाई बा १३ च ४१०५ नम्बरको भ्यानले ठक्कर दिँदा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

भ्यानको ठक्करबाट घाइते रेग्मीलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । 

 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया