कांग्रेसको जिल्ला कोषाध्यक्षहरुकोे तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा

 चैत २८, २०७५ बिहिबार १०:५३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुकोे तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा बिहीबारदेखि  हुँदैछ । सम्मेलनको उद्घाटनसत्र बिहीबार पोखरा सभागृहमा हुनेछ । उद्घाटनसत्रलाई पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम संचालन गर्नका लागि केन्द्रलाई आग्रहसमेत गर्ने र कास्की क्षेत्र नं २ सहित रिक्त स्थानमा निर्वाचन गराउन सरकारलाई दबाव दिने जानकारी दिइएको छ ।

पार्टीलाई चलायमान र सुदृढिकरण बनाउने उद्देश्यले सम्मेलन गर्न लागिएको नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताउनुभयो । उहाँले सम्मेलनले पार्टीलाई गुट उपगुट अन्त्य गरी एक ढिक्काका साथ अघि बढ्न दबाबमूलक सुझाव दिने उल्लेख गर्नुभयो । 

सम्मेलनलाई लक्षित गरी पोखराको न्युरोडलाई पार्टीको चार तारे झण्डाले सिगाँरिएको छ भने पोखराका मुख्य शहरी क्षेत्रमा स्वागत व्यानरहरु टाँगिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया