बेल्जियम बन्यो ‘समूह जी’को विजेता

 असार १५, २०७५ शुक्रबार ६:३४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

समूहको अन्तिम खेलमा इंग्ल्याण्डलाई पराजित गरेपछि बेल्जियम विश्वकपमा समूह जीको विजेता बनेको छ । यसअघि नै नकआउट चरणमा पुगिसकेका दुवै टोलीबीचको खेल समूह विजेताकै लागि थियो ।
 
रुसको किलिनिंगार्ड रंगशालामा भएको खेलमा समूहमा शतप्रतिशत जित निकाल्ने क्रममा बेल्जियमले इंग्ल्याण्डलाई १–० गोलले हरायो ।
 
पहिलो हाफमा दुवैले बराबरी खेलेका थिए । तर, दोस्रो हाफको सुरुमै बेल्जियमले अग्रता लियो । त्यही अग्रतालाई जोगाउँदै उसले जित हासिल गरेको हो ।
 
खेलको ५१औं मिनेटमा अडनान जानुजाजले उत्कृष्ट गोल गरेका थिए ।
 
इंग्ल्याण्ड र बेल्जियम दुवैले टिममा ब्यापक फेरबदल गरेका थिए । यसअघिका दुई म्याच खेलेका भन्दा बेल्जियमले ९ तथा इंग्ल्याण्डले ८ खेलाडी परिवर्तन गरेको थियो । दोस्रो रोजाइको टिम मैदानमा उत्रँदा खेल अपेक्षाकृत प्रतिस्पर्धात्मक बन्न सकेन ।
 
समूह विजेता बनेको बेल्जियमले नकआउट चरणको पहिलो खेलमा समूह एचको उपविजेता जापानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै उपविजेता इंग्ल्याण्डले समूह एचको विजेता कोलम्बियाको सामना गर्नेछ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया