राजर्षि जनक कप: एपीएफ क्लबले सुदूरपश्चिम–११ लाई चार शून्यले हरायाे

 चैत २८, २०७५ बिहिबार २०:१२:१७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीको वागमतीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा सशस्त्र प्रहरी एपीएफ क्लब ४–० ले विजयी भएको छ।

सुदूरपश्चिम–११ लाई फराकिलो गोल अन्तरले हराउँदै एपीएफले प्रतियोगिताको सेमिफाइनलको यात्रा पक्का गरेको हो । खेल सुरू भएको  २८ औं मिनेटमा एपीएफका प्रदिप स्याङ्गतानले गोल गर्दै खाता खोलेका थिए । दोस्रो गोल ४१ औं मिनेटमा एपिएफका सुदिप शिख्राकारले पेनाल्टी प्रहारलाई गोलमा परिणत गर्दै खेललाई २–० मा पुर्‍याए।

खेलको ५३ औं मिनेटमा एपीएफका प्रदिप लामाले गोल गर्दै गोल अन्तर बढाएपछि सुदूरपश्चिम–११ लाइ लयमा फर्कने सम्भमवना ट‍र्दै गएको थियो । एपीएफका लागि खाता खोलेका प्रविन स्याङ्गतानले ८८ औं मिनेटमा पुनः अर्को गोल थपेर ४-० ले एपीएफले विजयी हात पर्न सफल भयो।

एपीएफका लागि २ गोल गरेका प्रविन स्याङ्गतान म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार हात पारे। एपिएफको भेट अब वैशाख ३ गते थ्रीस्टार क्लबसँग सेमिफाइनलमा हुनेछ ।

शुक्रबार  वीरगंज युनाईटेड वीरगञ्ज र फ्रेण्डस क्लब काठमाण्डौबीच प्रि–क्वाटरफाइनल खेल हुनेछ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया