सुडानमा सैनिक ‘कु’ गरेको विरोधमा प्रदर्शन

 चैत २९, २०७५ शुक्रबार ९:१:२० | एजेन्सी
unn.prixa.net

सुडानमा सेनाले सैनिक ‘कु’ गरेको विरोधमा प्रदर्शन भैरहेको छ । राजधानी खार्तुममा हजारौँ नागरिक सैनिक ‘कु’ पछि लगाइएको कफ्र्युको उल्लंघन गर्दै विरोधमा उत्रिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

चार महिना लामो आन्दोलनपछि सेनाले राष्ट्रपति ओमार अल बाशीरलाई बिहीबार राति पदमुक्त गरिएको घोषणा गरेको हो । तर प्रदर्शनकारीले सेना परिषद् एउटै शासक भएको भन्दै विरोध गरेका हुन् । 

संयुक्त राष्ट्रसंघ र अफ्रिकन युनियनले भने दुवै पक्षलाई शान्त रहन अपील गरेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया