नेपाल टेलिकमले ल्यायाे ‘नयाँ वर्ष अफर २०७६’

 चैत २९, २०७५ शुक्रबार १५:३:५७ | उज्यालो सहकर्मी

दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको छ ।
 
अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने कम्पनीले जनाएकाे छ । 
    
प्याक २०७५ चैत ३० देखि २०७६ वैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिने र एकपटक प्याक किनेपछि ५ दिनसम्म चल्ने बताइएकाे छ । 

*१४१५# डायल गरेर प्याक किन्न सकिनेछ  ।

कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ भने कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएकाे छ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया