आजको मौसम : दिनभर बदली हुने, तराईका केही जिल्लामा हावाहुरीको सम्भावना

 चैत ३०, २०७५ शनिबार ८:२०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज दिनभर र भोलि पनि मौसम बदली हुने मौसमविदले बताएका छन् ।  बिहानैदेखि केही ठाउँमा पानी परेको छ । 

मौसम बदली हुँदा चैते दशैँ र नयाँ वर्ष मनाउन हिँडेकाहरु प्रभावित भएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य, पश्चिम र पूर्वी क्षेत्रमा भोलिसम्मै मौसम बदली हुनेछ । 

वर्षा गराउने बादल सक्रिय भएकाले केही क्षेत्रमा सामान्य पानी पर्ने र ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । तराईमा सामान्य बदली र पहाडका केही ठाउँमा पानी पर्ने मौसमविद सुजन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी र मध्य तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ । 

सप्तरी, मोरङ, झापा, बारालगायतका जिल्लाका केही क्षेत्रमा हावाहुरी चल्ने भएकाले सर्तक रहन मौसमविद्ले आग्रह गरेका छन् । प्रिमनसुनको समय भएकाले हावाहुरी र मेघगर्जनसहित पानी पर्नु स्वभाविक रहेको मौसमविदको भनाइ छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया