चैते दशैँ र रामनवमी मनाइँदै

 चैत ३०, २०७५ शनिबार ९:५०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -आज शनिबार चैते दशैँ र रामनवमी पर्व मनाइँदै छ । विभिन्न शक्ति पीठहरुमा आज बिहानैदेखि घुइँचो लागेको छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं वर्षमा दुईपटक मनाउने गरिन्छ । 

असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । तिथिका कारण रामनवमी पर्व पनि आजै मनाईंदैछ । 

असत्यमा सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका अवसरमा राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । चैते दशैं र रामनवमीको दिन आज काठमाण्डौका भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । 

आज चैते दशैं र भोलि नयाँ वर्ष भएकाले काठमाण्डौबाट बाहिरिने गाडीमा यात्रुको भीड छ । कलंकीमा गाडी पर्खेर बसेका धेरैले गाडी नपाएको गुनासो गरेका छन् । कोही भने उभिएरै यात्रा गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया