व्यायामकाे महत्व दर्शाउन भैँसेपाटीमा ‘रन फर फन’

 चैत ३०, २०७५ शनिबार १५:४३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - व्यायाम गरौँ स्वस्थ्य बनौँ भन्ने नाराका साथ शनिबार ललितपुरमा रन फर फन कार्यक्रम सम्पन्न भएको छ । 

पशुपतिनाथ मन्दिर संरक्षण तथा व्यवस्थापन समिति, लालीगुराँस युवा क्लब  र क्लब अफ भैँसेपाटीले संयुक्त रुपमा आयोजना गरेको दौड प्रतियोगितामा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन,वडाका जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।

युवा युवतीका लागि प्रतियोगिता नै आयोजना गरिएको रन फर फनमा बालबालिका तथा अन्य उमेर समूहकाहरु पनि सहभागी थिए । दैनिक व्यायाम गर्नु स्वास्थ्यका लागि लाभदायक हुने सन्देश सबैसमक्ष पुर्‍याउने उद्देश्यले गरिएको रन फर फनका लागि ५ किलोमिटर को दूरी तय गरिएको थियो ।

दौड प्रतियोगितामा पहिलो दोश्रो र तेश्रो हुनेलाई ललितपुरका मेयर चिरिबाबु महर्जनले प्रमाणपत्र र गणेशको मूर्ति प्रदान गर्नुभएको थियो । रन फर फन भैँसेपाटी आवास क्षेत्रबाट सुरु भएर खोकना, बुंगमती हुँदै पुन  आवास क्षेत्रमै आएर समापन भएको थियो ।

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया