किन आयो फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपमा समस्या ?

 बैशाख १, २०७६ आइतबार १८:१३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आइतबार नेपाललगायत विश्वभरिका फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपका प्रयोगकर्ताहरुले समस्या भोगेका छन्। फेसबुक र इन्स्टाग्राम खोल्दा पहुँचभन्दा बाहिर रहेको समस्या देखाउँछ । 

प्रयोगकर्ताहरुले समाचार फिड ताजा गर्न पनि सकेका छैनन् र फेसबुकको डोमेन नाम पनि उपलब्ध नभएकाे देखाइरहेको छ । व्हाट्सएपमा पनि न सन्देश जान्छ न त सन्देश नै प्राप्त हुन्छ । प्रयोगकर्ताहरुले धमाधम ट्वीटरमा ट्वीट गर्दै समस्याबारे बताइरहेका छन् । 

गत महिना पनि फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप सञ्चालनमा २४ घण्टासम्म समस्या आएको थियो र फेसबुकले किन यस्तो भयो भन्ने बारेमा स्पष्ट पारेको थियो । फेसबुकले सर्भर मर्मतसम्भारका कारण यस्ताे भएकाे बताएको थियो । 

किन पटक पटक यी सामाजिक सञ्जालमा यस्ता समस्याहरु आइरहन्छन् भन्नेबारे फेसबुकले आधिकारिक धारणा राखिसकेको छैन ।  
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया