प्रदेश २ मा साेमबार सार्वजनिक बिदा

 बैशाख १, २०७६ आइतबार २०:५२:५४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - प्रदेश २ सरकारले भोलि वैशाख २ गते, साेमबार जुडशितल पर्वको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्रीले विज्ञप्ति जारी गर्दै जुडशितलको अवसरमा वैशाख २ गते सोमबार प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराउनु भएको हाे ।

मिथिलाञ्चलमा नयाँ वर्षलाई स्वागत गर्ने जुडशितल पर्व धुमधामसँग मनाउने गरिन्छ । यस पर्वमा उमेर र मर्यादामा ठूला व्यक्तिले सानालाई शीरमा पानी सिंचित गर्दै वर्षभरी शीतलता, सुख, शान्ति, एवं दिर्घायुको कामना गरी आशिर्वाद दिने चलन छ ।

यस्तै रुख, विरुवाहरुमा पानी हाल्नुको साथै खेतमा मलजल गर्ने गरिन्छ । जुडशितलको दिन मिथिलाञ्चलमा थालपानी खेलिन्छ भने घरघरमा मिष्ठान्न परिकार बनाएर खाने चलन छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया