गुल्मीको बडिघाट खोलामा निर्माणाधीन पक्की पुल ढल्दा ५ जना घाइते

 बैशाख २, २०७६ सोमबार ६:४२:३९ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको मुसिकोट नगरपालीकामा रहेको बडिघाट खोलामा निर्माण हुँदै गरेको पक्की पुल ढल्दा पाँचजना घाइते भएका छन् ।

मुसिकोट नगरपालीकाको वडा नम्वर ३ र ७ को सिमानामा पर्ने बडिघाट खोलाको झेदीमा निर्माण हुँदै गरेको पक्की पुल आईतवार ढलान गर्ने क्रममा अचानक बेस भाचिएर ढल्दा निर्माण व्यवसायीसहित पाँचजना मजदुरहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्कालले जानकारी दिनुभयो । 

घाइते हुनेहरुमा चितवनका निर्माण व्यवसायी रिषीराम इटानी, मुसिकोट नगरपालीकाका रामबहादुर राना, रुद्र बहादुर कार्की, गणेश राना र तुलबहादुर राना रहेकाछन् । घाइतेहरुलाई  उपचारका लागि वाग्लुङ्गको हटिया लगिएको छ ।

घाइतेहरुमध्ये निर्माण व्यवसायी इटानी गंभिर रहेको प्रहरीले जनाएको छ । गएको तीन वर्षअघि ५ करोड १७ लाख लागतमा निर्माण सुरु भएको ५८ मिटर लम्बाई रहेको दुई वटा पिल्लरसहितको पुल ढलाई गर्नेक्रममा ढलेको हो ।

पुल निर्माणको जिम्मा वाईपी जनवुद्ध निर्माण सेवा काठमाण्डौले पाएको थियो । पुल समयमा निर्माण सम्पन्न नहुँदा पुन म्याद थप गरी काम भइरहेको थियो । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया