आज कोशी, बाग्मती, गण्डकी र कर्णालीका एक/दुई ठाउँमा हल्का पानी...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै - आईसीसी यू–१९ विश्वकप छनोट अन्तर्गत साेमबार भएकाे खेलमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ ।
क्वलालम्पुरमा टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसियाले ३३.४ ओभरमा अल आउट हुँदै ९२ रनमात्रै जाेड्न सक्याे ।
मलेसियालाई सस्तैमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि पवर्न शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिए ।
यसैगरी कमलसिंह ऐरीले २ तथा सागर ढकालले एक विकेट लिए ।
मलेसियाका इजित फिक्वीले सर्वाधिक ३७ रन बनाउँदा मोहम्मद अमिरले १३ रन जोडे ।
यसैगरी हकिम हसरनले १० रन बनाउनु बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९४ रनकाे लक्ष्य पछ्याउँदै नेपालले केही बेरमा जवाफी व्याटिङ थाल्दै छ ।