‘माग्ने बुढा’ प्रबल जनसेवाश्री पदकबाट सम्मानित

 बैशाख २, २०७६ सोमबार १५:४९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । २०७६ साल वैशाख एक गते एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पदकसहित सम्मानित गर्नु भएको हो । 

हरेक वर्ष नेपाल सरकारले विभिन्न क्षेत्रबाट समाज रुपान्तरणमा योगदान पुर्याउने व्याक्तिहरुलाई सम्मान गर्दै आएको छ । कलाकारितका क्षेत्रबाट समाजमा रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई प्रबल जनसेवाश्री पदकले सम्मान गरिएको हो ।  यो सम्मान केदार घिमिरेसहित किरण केसी ‘रातामकै’, नन्दकृष्ण जोशी, दिनेश अधिकारी, आकाश अधिकारी, वैकुण्ठ महत, पशुपति शर्मालगायतलाई गरिएको थियो ।

नेपाल सरकारबाट यो सम्मान प्राप्त भएसँगै आफ्नो काँधमा थप जिम्मेवारी आएको कलाकार केदार घिमिरेले बताए । उनले प्रवलजनशेवाश्री पदकका लागि आफूलाई योग्य ठानस् सम्मान प्रदान गरेको प्रति नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया