‘अभिनेत्री आलिया भट्ट र उनकी आमा सोनी राजदान भारतीय होइनन्’

 बैशाख २, २०७६ सोमबार २०:३४:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - भारतमा अहिले चुनावी माहोल छाइरहेको छ । भारतमा मात्रै नभई विश्वकै सबैभन्दा ठूलो चुनावका रुपमा यसलाई हेरिएको छ । भारतीय नागरिकहरु सामाजिक सञ्जालमार्फत मतदान गर्दा सोचविचार गरेर मात्रै मतदान गरौँ भन्ने विचार राखिरहेका छन् । 

यसैबीच अभिनेत्री आलिया भट्टकी आमा सोनी राजदानले पनि उनको ट्विटर ह्याण्डलमार्फत जुनैद नामका एक भारतीय नागरिकको हत्याको मुद्दालाई ‘मोब लिञ्चिङ’ र (गाइको मासु बेचेको आरोपमा हिन्दूद्वारा मुसलमानको हत्या) को विषयसँग जोड्दै मतदान गर्नुअघि त्यस कुरालाई याद गरेर मतदान गर्न भनेकी छिन् । 

सोनी राजदानको यस किसिमको ट्वीटको जवाफमा अभिनेत्री पायल रोहतगीले एक भिडियो शेयर गर्दै जुनैद नामका भारतीय नागरिकको हत्याको कारणमा सोनी राजदानले दिएको जानकारी गलत रहेको बताएकी छिन् । साथै सोनी राजदान भारतीय नागरिक नभएको र उनले भारतमा घृणा फैलाइरहेको आरोप लगाएकी छिन् । 

पायलले भनेकी छिन्, ‘मलाई हालै मात्र थाहा भयो कि महेश भट्टकी दोस्रो श्रीमती तथा आलिया भट्टकी आमा सोनी राजदान ब्रिटिस मुसलमान हुन् । अझै सायद उनी कानुनी रुपमा भारतीय नै होइनन् । उनीसँग भारतीय नागरिकता पनि छैन । सोनी राजदान ब्रिटिस नागरिक हुन् । उनीसँग ब्रिटिस पासपोर्ट छ । अभिनेत्री आलिया भट्ट पनि ब्रिटिस नागरिक हुन् । उनीसँग पनि भारतीय नागरिकता छैन । आलियासँग पनि ब्रिटिस पासपोर्ट छ । सायद महेश भट्टकी पहिलो पत्नीले महेशलाई डिभोर्स दिएकी थिइनन् । यसै कारण महेश भट्टले इस्लाम धर्म अपनाएर सोनी राजदानसँग विवाह गरेका थिए ।’ 

पायलले अगाडि भनेकी छिन्, ‘ती सोनी राजदान जो कुनै पनि रुपमा भारतीय होइनन्, उनैले आफ्नो ट्विटरमार्फत निर्दोष हिन्दूहरुलाई आरोप लगाउँदै भनिरहेकी छिन् कि ‘जुनैद नामका युवकलाई ट्रेनमा सिट शेयर गर्ने बहानामा गौहत्याको आरोपमा मारिएको थियो ।’ जुनैदको मृत्यु ट्रेनमा यात्राको क्रममा भएको झगडा मै भएको थियो । उनीसँगै यात्रा गरिरहेका व्यक्तिहरुबीच सिट शेयरिङ्गकै विषयमा भएको विवादपछि भएको झगडामा उनको मृत्यु भएको थियो । गौहत्याको आरोपमा हत्या गरिएको थिएन । हाम्रो देशमा सोनी राजदानजस्ता केही व्यक्तिहरु छन्, जो भारतीय नभएर पनि भड्काउने खालका ट्वीट गर्छन् ।’

अभिनेत्री पायल रोहतगीले आलिया भट्टको नागरिकतामा सवाल उठाउँदै भनेकी छिन्, ‘सोनी राजदान र आलिया भट्ट दुबै भारतमा मतदान गर्न सक्दैनन् । तर उनैले ट्वीट गर्दै भनिरहेकी छिन कि ‘मतदान गर्दा जुनैदको बारेमा सोचौं ।’ जसको मृत्यु आपसी झगडाका क्रममा भएको थियो । तर उनी यस कुरालाई नकारात्मक कुरासँग जोडेर मतदानको क्रममा भारतीय नागरिकलाई भड्काउँदै उनीहरुको विचार परिवर्तन गर्न खोजिरहेकी छिन् ।’ 

पायलले सोनी राजदानको ट्वीटको कारणको विषयमा अगाडि भनेकी छिन्, ‘केही दिनअघि अमित शाहजीले भारतमा एनआरसी लागु गर्ने, त्यसपछि अवैध रुपमा बसेका मुसलमानहरुलाई भारतबाट निकाल्ने योजनाका बारेमा बताएका थिए । म यहाँनिर स्पष्ट गराउन चाहन्छु कि यो भारतीय मुसलमानका लागि होइन । मलाई गलत नबुझिदिनु होला । अवैध मुसलमान भन्नाले ती मुसलमान हुन् जो भारतीय नागरिक होइनन् ।' 

'ती मुसलमान जो कुनै दोस्रो देशका हुन् र भारत आएर अवैधानिक रुपमा बसिरहेका छन् । तिनैहरुका लागि यो कानुन लागु हुनेछ । सायद अमित शाहको यही निर्णयका कारण सोनी राजदान यस किसिमको ट्वीट गर्दै घृणा फैलाउन खोजिरहेकी छिन् । यदि एनआरसी लागु भयो भने सोनी राजदानले भारतबाट फर्किनु पर्ने हुन्छ । किनकी सोनी राजदान र उनकी छोरी आलिया भट्टसँग ब्रिटिस पासपोर्ट छ । यी बलिउडमा काम गर्नेहरु धेरै नै ज्यादा झुटा हुन्छन् । सायद सोनी राजदान महेश भट्टकी कानुनी रुपमा पत्नी नै होइनन्,’ उनले थपिन् ।
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया