जुडोमा विभागीय टिमको वर्चस्व, नेपाल प्रहरीलाई ७ स्वर्ण

 बैशाख २, २०७६ सोमबार १९:२१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालगञ्ज - ८ औं राष्ट्रिय खेलकुद तथा १६ औं राष्ट्रिय जुडो प्रतियोगितामा विभागीय टोलीको वर्चस्व देखिएको छ ।

नेपालगञ्जमा जारी प्रतियोगितामा नेपाल प्रहरीले सोमबारसम्म ७ स्वर्ण जितेर अग्रस्थान कायम गरेको छ । आर्मीले  ५ स्वर्ण जितेको छ भने प्रदेश नम्बर ५ र सशस्त्र प्रहरीको एपिएफले १/१ स्वर्ण पदक जितेका छन् । 

सोमबारसम्म १४ स्वर्ण पदकको नतिजा आएको छ । सोमबारका खेलमा नेपाल आर्मीले ४ स्वर्ण  २ रजत र २ काश्य, नेपाल प्रहरीले २ स्वर्ण, ३ रजत र १ कास्य, एपिएफले १ स्वर्ण तथा प्रदेश ५ ले २ कास्य र २ रजत पदक जितेको छ ।

७३ किलो तौल समूहमा नेपाल पुलिस क्लबका सञ्जित सारुले स्वर्ण, त्रिभुवन आर्मी क्लबका जंगबहादुर सारुले रजत र गण्डकीका संजोक भट्ट तथा प्रदेश ३ का सुमन श्रेष्ठले कास्य पदक प्राप्त गरेका छन् । यसैगरी  ९० किलो तौल समूहमा त्रिभुवन आर्मीका सुर्यमान लामाले स्वर्ण पदक जितेका छन् ।  पुलिसका राम मकाजुले रजत तथा आर्मीका अनिल भण्डारी र प्रदेश ३ का प्रसुन गुरुङले कास्य पदक जितेका छन् ।

सय किलो तौल समूहमा प्रहरीका रविन श्रेष्ठले स्वर्ण, आर्मीका रमेशबहादुर चन्दले रजत तथा प्रदेश १ का यमुनाप्रसाद काफ्ले र प्रदेश ३ का सुमित नारायण श्रेष्ठले कास्य पदक जितेका छन् ।  ५२ किलो तौल समूहमा एपिएफका देविका खड्का स्वर्ण, पुलिसका दिलकुमारी छन्त्याल रजत तथा आर्मीका सुस्मता लावती र प्रदेश ३ का शर्मिला तामाङले काँस्य पदक जितेका छन् । 

यसैगरी ६३ किलो तौल समूहमा आर्मीका निर्मला घर्ती मगरले स्वर्ण, पुलिसका रेणुका थापाले रजत तथा प्रदेश ५ का सुशिला चौधरी र अमिशा रानाले कास्य पदक जितेका छन् । ७८ किलो तौल समूहमा  आर्मीका पुनम श्रेष्ठले स्वर्ण, प्रदेश ५ का सम्झना चौधरीले रजत तथा पुलिसका भावना घर्ती मगरले काँस्य पदक जितेका छन् ।

त्यस्तै ७८ किलो तौल समूहमा आर्मीका आकृति जोशीले स्वर्ण पदक जितिन् । प्रदेश ५ का दिपा गुरुङले रजत तथा प्रदेश ३ का अस्मिता गोलेले कास्य पदक जितेका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया