विप्लव नेतृत्वकाे नेकपाकी जिल्ला सदस्य पक्राउ

 बैशाख २, २०७६ सोमबार १८:२६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

गाेरखा - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाकी जिल्ला सदस्य अञ्जु कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उहाँलाई गोरखा नगरपालिका-८, आयुर्वेद चोक नजिकैबाट पक्राउ गरेको हो । उहाँको साथबाट पार्टीका केही दस्तावेज र किताब बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताउनुभयो । कुमाल त्यस पार्टी निकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।

 

-यसअघि  'विप्लव नेतृत्वकाे नेकपाकी जिल्ला सदस्य पक्राउ' हुनुपर्नेमा 'विप्लव नेतृत्वकाे नेकपाकी पाेलिटब्यूराे सदस्य उमा भुजेल पक्राउ' भन्ने समाचार प्रकाशित भएकाेमा क्षमाप्रार्थी छाैँ । - सम्पादक

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया