दार्जीलिङ युनाइटेडलाई हराउँदै  डीएफसी मोरङले उचाल्यो पाँचथर गोल्डकपको उपाधि

 बैशाख २, २०७६ सोमबार १९:४५:३६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको फिदिममा सम्पन्न तेस्रो संस्करणको आमन्त्रित पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि डस्एफसी मोरङले जितेको छ ।

फिदिम माविको खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा दार्जीलिङ युनाइटेड भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि चुमेको हो ।

खेलको ८ औ मिनेटमा हेमन्त थापा मगरको गोलबाट मोरङले सुरुवाति अग्रता लिएको थियो । खेलको ३७ औँ मिनेटमा दार्जीलिङका करन राईले बराबरी गोल गरे । 
दोस्रो हाफमा आक्रामक रुपमा खेल प्रस्तुत गरेको मोरङले  ५२ औँ मिनेटमा अग्रता २–१ मा पु¥यायो । मोरङका लागि दोस्रो गोल विदेशी खेलाडी आरमान भिदुनले गरे । त्यस्को ४ मिनेटपछि ५६ औँ मिनेटमा मोरङका संजोक राईले गोल गर्दै टिमलाई ३–१ को अवस्थामा पु¥याए । त्यसपछि दुवै तर्फबाट गोल हुन नसक्दा मोरङ ३–१ ले विजयी हुँदै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

उपाधि हात पारेसँगै मोरङले आकर्षक ट्रफीसहित नगद ४ लाख प्राप्त गर्दा उपविजेता बनेको दार्जीलिङले २ लाख रुपैयाँमा चित बुझाएको छ ।

यस्तै विधागततर्फ प्रतियोगिताको उत्कष्ट खेलाडी मोरङका पिक्रम लिम्बू घोषित हुँदै स्कूटर पाए । 

उत्कृष्ट गोलकिपर मोरङका दिनेश थापा, उत्कृष्ट डिफेन्डर दाजीलिङका दिवस लिम्बू, मिल्डफिल्डर दार्जीलिङकै वाङदेन तामाङ, उत्कृष्ट स्ट्राइकर मोरङका संजोक राई, सर्वाधिक गोलकर्ता मोरङका आरमान भिदुन, राइजिङ प्लेयर आयोजक संस्थाका हेमन्त दर्नाल, उत्कृष्ट प्रशिक्षक मोरङका याकुव राई घोषित भए ।

उनीहरु सबैले जनही १०/१० हजार हात पारेको आयोजक संस्थाका महासचिव योगराज सेढाईले वताउनुभयो ।

पाँचथर क्लबको आयोजनामा सम्पन्न प्रतियोगिता चैत २३ देखि सुरु भएको थियो । प्रतियोगितामा दुई ए डिभिजन क्लबसहित १० टोलीले सहभागिता जनाएका थिए ।

अन्तिम अपडेट: चैत १६, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया